संस्कृत नामः एरण्डकर्कटी, मधुकर्कटी
नेपाली नामः मेवा
Latin Name: Carica Papaya
Family Name: Caricaceae
सामान्य परिचयः
यसको १५–२५ फिट जति अग्लो प्राय शाखा–प्रशाखा रहित सरल र कमजोर वृक्ष हुन्छ । काण्डको टुप्पातिर मात्रा पत्रहरु र फलहरु लटरम्म लागेका हुन्छन् । पात अनेकौ खण्डमा विभाजीत छत्रकार अथवा छाता झै फिजारिएका २–३ फिट व्यासका १ १÷२–३ फिट सम्म लामो खोक्रो (सुषिर) पत्रवृन्त युक्त हुन्छन् ।
फूल सेता वा फिक्का हरिया हुन्छन् र झुप्पामा फुल्छन् । फल एक कोष्न्यि लम्बगोल तथा ठूला हुन्छन् । र त्यसभित्र स–साना काला वा फुस्रा रंगका मौशल अनेकौ बीजहरु हुन्छन् ।
प्रायोज्य अंगः
फल, क्षीर, बीज
आयमिक प्रयोगः चर्मरोग, जिहवाव्रण (मुखरोग), गलारोग, बिन्छीले टोकेको, ग्रन्थी, आदिमा क्षीरको लेप गर्ने । ग्रहणी, अजीर्ण, उदरशुल, कृमि, मकृतद्धहवृद्धि, विषविकार, कष्टार्तव आदिमा अपक्व फल वा क्षीरको प्रयोग गर्ने । द्रहरोग, मुत्रकृच्छ , द्रौर्वल्य, रक्तपित्त आदिमा स्तन्यशोषमा पाकेको फलको प्रयोग गर्ने । खासगरी च्यगलम ध्यचm mब यसको क्षीर १० ग्राम, मह १० ग्राम र २० मि.लि. तातो पानी घोलेर सेलाएपछि पिउन दिने । यसको २ घण्टा पछि एरण्ड तेल १०–१५ मि.लि. विरेचनार्थ दिने ।
मात्राः
– क्षीरः ३–६ ग्राम
– बीजचुर्णः १÷२ –१ ग्राम
– फलः ५०–१०० ग्राम वा आवश्यकतानुसार दिने ।
एबउबष्ल भन्ने तत्वले म्ष्नभकतष्लभ भ्लनथmभ को रुपमा प्रयोग गरिन्छ ।