सिड्नी – ‘द एक्स व्याण्ड’काे अष्ट्रेलिया यात्रा शुक्रबारदेखी शुरू हुने भएकाे छ । सेप्टेम्बर ३० तारिखका दिन राजधानी क्यानबेराबाट व्याण्डले अाफ्नो अष्ट्रेलिया यात्रा शुरू गर्न लागेकाे हाे । व्याण्डले अक्टोवर १ मा डार्विन, अक्टोवर ७ मा सिड्नी, अक्टोवर १० मा मेलर्वन, अक्टोवर १२ मा बिसब्रेन र अक्टोवर १६ मा पर्थमा प्रस्तुती गर्ने द एक्स व्याण्डका शिव मुखियाले जानकारी दिए ।
नेपाली सांगितिक माहाेलमा ३ दशक योगदान पु¥याइसकेकाे’द एक्स व्याण्ड’ले यो बर्ष ३० अाै बार्षिकाेत्सवकाे अबसरमा देश बिदेशमा सांगितिक यात्रा प्रस्तुत गर्दै अाएकाे छ । ‘चाडपर्वको माहाेलमा अष्ट्रेलियाका नेपालीसंग सांगितिक प्रस्तुतीमा रमाउने अवसर मिलेकाे छ।’ मुखियाले भने, ‘शुक्रबारबाट अष्ट्रेलियाका बिभिन्न सहरमा प्रस्तुती शुरू हुन्छ।’
द एक्स व्याण्डको ‘चिया बारीमा’, ‘लुक्न देउ’, ‘ठाडो जाने’ लगायतका एक दर्जन भन्दा बढी गीत चर्चित छन । व्याण्डमा शिव मुखिया, सुरेन्द्र श्रेष्ठ र सजल राजभण्डारी रहेका छन ।