संस्कृत नामः वरुण, तिक्तसाक
नेपाली नामः सिप्लीकान, सिप्लीगान
Latin Name: Crataeva, Nurvala, C. Religisa
Family: Capparideceae
सामान्य परिचयः
यो नेपालको तराईदेखि ४,५०० फिटसम्मको उचाईमा प्राय जतासुकै पाईन्छ ।
यसको २०–२५ फिट जति अग्लो सानो वृक्ष हुन्छ । काण्डको बोक्रा ठाउँ ठाउँमा तेस्रोगरि चिरिएको फुस्रोरंगको हुन्छ र कालिला हांगाहरुमा हरियोमा सेता दागहरु हुन्छन् । पत्र संयुक्त लामो पत्र वृन्त र तिनवटा पत्रकहरु भएका हुन्छन् । पत्रकहरु ३–५ इन्च लामा, तीक्ष्णगन्ध आउने हुन्छ ।
जाडोमा पातहरु झर्दछन् र वसन्तमा नयाँ पालुवा पलाउँदछन् । फूल सेता वा केहि पहेँलो रंगका सुगन्धित हुन्छन् र हाँगाको टुप्पामा झुप्पामा फुल्छन् । फल नासपतिको जस्तै तर साना १ इन्च जति व्यासका र विशिष्ट किसिमको गन्धमयका हुन्छ । फल पाकेपछि राता हुन्छन् र फलभित्र गुँडीसँग स–साना थुप्रै बीजहरु हुन्छन् ।
प्रायोज्य अंगः त्वक, पात र फल
रसः तिक्त, कषाय
गुणः लघु, रुक्ष
विर्यः उष्ण
विपाकः कटु
प्रभावः अश्मरीभेदन
दोषकर्मः कफवात शामक
कर्मः अश्मरीभेदन, मुत्रल, पित्तसारक, अनुलोमन, रक्तशोथक, दिपन, रोचन, ज्यरहन, कृमिहन, शोथहर
आयामिक प्रयोगः मुत्रकृच्छ, अश्मरी, वरितशोथ, मुत्रमार्ग संक्रमण, व्रणशोथ, विद्रधि, गन्धमाला, गूल्म, यकृतविकार, ज्वर, अग्नि, मान्ध, अरुचि, कृमि, आदिमा । सथै यसको पालुवा (कलिलो पात र मुन्टा) पच्य भएको हुदा तरकारी वा अचार बनाई खाईन्छ ।
मात्राः
त्वकचुर्णः ५–१० मि.लि.
क्वाथः ५०–१०० मि.लि.
चुर्णः अश्मरीमा ५–१० ग्राम र अरु रोगमा ३–६ ग्राम प्रयोग गर्नपर्छ ।
स्वरसः १०–२ण् मि.लि.
र पथ्य सागको रुपमा ५० ग्रा. जति प्रयोग गर्नुपर्छ ।
यसलाई सेवन गर्दा पानी अत्याधिक मात्रामा पिउनुपर्छ ।
विशिष्ट योगः वरुणारि क्वाथ, वरुणद्य लौह आदि ।