सिड्नी – नेपाली चलचित्र ‘कृष्ण–लीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । चलचित्रकाे प्रदर्शन मिति नजिकिएसंगै चलचित्र निर्माण कम्पनीले बिभिन्न देशका लागि चलचित्रकाे राइट बिक्री गर्न थालेकाे हाे । यसै क्रममा अष्टेलियाका बिभिन्न सहरमा चलचित्र प्रदर्शनका लागि निकेश मानन्धरले चलचित्रकाे राइट खरिद गरेकाे निर्माण टिमले जनाएकाे छ ।
चलचित्रकाे प्रदर्शन अधिकार सम्झौतामा बुधबार काठमाण्डाैमा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच सम्झाैता भएको हो । चलचित्र कृष्णलीलाका ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर..अटल वाचा गरें’ बाेलका गीत अहिले चर्चामा छन । चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ,रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् ।
दीपक ओली निर्देशीत ‘कृष्ण लीला’ कृष्णजन्माष्टमीको दिन अर्थात् भदौ ३ गते प्रदर्शनमा आउने तयारी छ । चलचित्र निर्माण पक्षले चलचित्रकाे फष्ट लुक समेत सार्वजनिक गरिसकेकाे छ ।
कृष्णलीलाकाे अष्ट्रेलिया राइट अपेक्षा गरेकाे भन्दा महंगाे रकमा बिक्री भएकाे चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठले बताए । उनले भने, ‘अपेक्षाभन्दा बढी मुल्यमा अष्ट्रेलियाकाे राइट बिक्री गरेका छौ ।’ उनले चलचित्रकाे अन्य देशमा पनि राइट बिक्रीकाे काम अघि बढी रहेकाे बताए ।