मेलवर्न – ‘संस्कृतीकाे खुसीयाली मनाऔं, विविधतालाइ अंगालाैं’ भन्ने मुल नाराका साथ आगमी सेप्टेम्बर १० तारिखमा नेपाल फेष्ट्रिबल २०२२ संचालन हुने भएकाे छ। गैर आवसिय नेपाली संघ, भिक्टोरियाकाे आयाेजनामा मेलवर्नको फेडेरेसन स्क्वायरमा एक दिने महाेत्सवकाे आयोजना गर्न लागिएकाे हाे ।
एक दिन संचालन हुने फेस्टिवलमा नेपाली कला, संस्कृती, भाषा, खाना, परिकार, भेषभुषा, संगित देखी अन्य नेपाली विविध पक्षलाइ समेटिने आयोजकले जनाएकाे छ। गैर आवसिय नेपाली संघ भिक्टोरियाले हरेक दुइ बर्षकाे अन्तरमा नेपाल फेस्टिबलकाे आयोजना गर्दै आइरहेकाेका काेरोना संक्रमणका कारण एक बर्ष गर्न नसकिएकाेमा यो पटक फेस्टिबल गर्न लागिएकाे गैर आवसिय नेपाली संघ, भिक्टोरियाका संयाेजक हरि खड्काले जानकारी दिए ।